घुससहित पक्राउ परेका इन्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर


काठमाडौँ – इन्जिनियर अजयकुमार मेहता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले घुस रकमसहित रङ्गेहात पक्राउ परेका मेहतालाई शुक्रवार दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, तेज नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मेहतालाई दोषी ठहर गरेको हो ।

सुनसरीको बर्जू गाउँपालिकाका तत्कालीन इन्जिनियर मेहतालाई बिगो बराबरको २० हजार रुपैयाँ जरिवाना र एक महिना कैदको फैसला भएको विशेषका प्रवक्ता धनबहादुर कार्कीले बताए । ।

सुनसरीको बर्जू गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहतालाई सेवाग्राहीसँग घुसबापत लिएको २० हजार नगदसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया