लर्ड बुद्ध र क्यान महासंघबीच सम्झौता, आईटी पढ्ने विद्यार्थीलाई दुई करोडको छात्रवृत्ति दिइने


काठमाडौं- लर्ड बुद्ध एजुकेसन फाउन्डेसन र क्यान महासंघबीच स्नातकमा आईटी पढ्न चाहने विद्यार्थीलाई करिब २ करोड बराबरको छात्रवृत्ति उपलब्ध गराउने सम्झौता भएको छ।

बिहीबारदेखि सुरू भएको एस पावर क्यान इन्फोटेक २०२४ को उद्घाटन समारोहमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन र क्यान महासंघबीच सम्झौता भएको हो।

विगत ६ वर्षदेखि प्रदान हुँदै आएको छात्रवृत्ति यस वर्ष पनि प्रदान गरिँदैछ। देशभरका ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान बीएस्सी आईटी डिग्रीका अध्ययनलाई छात्रवृत्ति प्रदान हुनेछ ।

यस अनुसार देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया