
स्कुलबसको ठक्करबाट ममताजको मृत्यु
जनकपुरधाम- स्कुलबसको ठक्करबाट जनकपुरधाममा एकजनाको मृत्यु भएको छ ।
बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका–२३ बेला स्थित बा २ क ७६० नम्बरको स्कुलबसले साइकलमा सवार भारतको मधुवनी जिल्ला घर भई जनकपुरधाम २३ मा बस्दै आएका २७ वर्षीय ममताज कवारीको मृत्यु भएको हो ।
बसको ठक्करबाट घाइते भएका कवारीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।
गाडी चालक महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का अन्दाजी २७ वर्षीय रामजस मण्डल र बस प्रहरीको नियन्त्रणमा छ।



कागजपत्र |
