नेपाललाई तेस्रो झट्का, भुर्तेल ६२ रन बनाएर आउट


काठमाडौं – क्यानडाविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेल ६२ रन बनाएर आउट भएका छन् ।

नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका भुर्तेल टिमको स्कोर ९८ रन हुँदा विकेट गुमाएका हुन् ।

अहिले नेपाल १०४ रनमा ३ विकेट गुमाएर खेलिरहेको छ । नेपालका ओपनर आशिफ शेख र कप्तान रोहित पौडेल समान ८/८ रन बनाएर आउट भएका थिए ।

अहिले नेपालका भीम सार्की र कुशल मल्ल क्रिजमा रहेका छन् ।

प्रतिक्रिया