


अष्ट्रेलियामा बस्ने एक नेपालीविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडाैं- अष्ट्रेलियन प्रहरीले एकजना नेपाली युवकविरूद्ध पक्राउ पुर्जी गरेको छ । मंगलबार अष्ट्रेलियाको औबर्न प्रहरीले २६ वर्षीय रिदम भट्टचनविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।
औबर्न प्रहरीले फेसबुकमा रिदमको तस्बिर राख्दै उनीविरूद्ध दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी दिएको हो ।
त्यहाँको प्रहरीले अपरेशन अमरोक चलाएर उनीविरूद्ध खोजी तीव्र पारेको जनाएको छ ।

