

आज राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्दै

काठमाडौं – संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बुधबार काठमाडौंमा बस्दै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा गत असारको पोखरा बैठकले गरेका अधिकांश निर्णय कार्यान्वयन नभएकै अवस्थामा परिषद्को दोस्रो बैठक हुन लागेको हो ।
बुधबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको सभाहलमा हुने बैठकमा भाग लिन मुख्यमन्त्रीसहित परिषद्का सदस्यहरू काठमाडौं आइसकेका छन् ।
प्रधानमन्त्री कार्यालयले बैठकको एजेन्डासहित सबै तयारी पूरा भएको जनाएको छ ।
प्रधानमन्त्रीले अध्यक्षता गर्ने उक्त बैठकमा आवश्यकताअनुसार नयाँ एजेन्डामा बोल्ने कार्यक्रम रहेको छ ।

