
गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा बागमती सरकारले ७० प्रतिशत बजेट लगानी गर्ने
काठमाडौं- धुर्मुस-सुन्तलीले सुरू गरेर अलपत्र अवस्थामा छाडेको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्नका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट लगानी गर्ने भएको छ।
भरतपुर महानगरकी मेयर रेणु दाहालको सचिवालयका अनुसार मंगलबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्नका लागि ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको हो ।
निर्माणको प्रथम चरणका लागि ७५ करोड रूपैयाँ बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले बेहोर्ने र त्यसको स्रोत सुनिश्चित गर्ने जनाइएको छ ।
कलाकार सिताराम कट्टेल र कुन्जना घिमिरेको धुर्मुस–सुन्तली फाउन्डेसनले १९ करोड रूपैयाँ ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम छाडेको थियो ।
संघीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रंगशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिइसकेकाे छ ।



कागजपत्र |
