प्रधानमन्त्री ओलीले टिचिङ अस्पतालमा कोरोनाको खोप लगाउने


काठमाण्डौं – प्रधानमन्त्री केपी शर्माले आइतबार कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् । दोस्रो चरणको खोप अभियानअन्तर्गत प्रधानमन्त्री ओलीले भोलि बिहान १० बजे कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाउने भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले हिमालय होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भोलि टिचिङ अस्पताल महाराजगञ्जमा कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिए ।

यो चरणमा सरकारले ६५ वर्षमाथिका १६ लाख नागरिकलाई खोप लगाउने तयारी गरेको छ । आइतबारबाट देशभरका ६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप अभियान सुरू हुँदैछ ।

प्रतिक्रिया