महानगर प्रहरीले खाली गरायाे शान्तिबाटिका


काठमाडौँ – काठमाडौँ महानगर प्रहरीले शान्तिबाटिका खाली गराएको छ ।

माइतीघरको निषेधाज्ञा पछि आन्दोलनकारीहरु विगत लामो समयदेखि शान्तिबाटिकामा बस्दै आएका थिए ।

मिटरब्याजी पीडित निषेधाज्ञा भन्दा अगाडिदेखि नै यहाँ बस्दै आएकोमा माइतीघरको निषेधाज्ञापछि अन्य समूहहरूले पनि शान्ति बाटिकामा आश्रय लिँदै आएका थिए ।

शान्तिबाटिका पार्कबाट हटाउन खोजेको भन्दै यसअघि पनि त्यहाँ धर्ना दिइरहेकाहरूले प्रदर्शन गर्दै आएका थिए ।

प्रतिक्रिया