
घरबाट होस्टेल हिँडेकी किशोरीमाथि नर्सरीमा लगेर सामूहिक बलात्कार
दाङ- दाङको तुलसीपुरमा किशोरी बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
शनिबार बेलुकी घरबाट होस्टेल जान भनेर हिँडेकी १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौराका २१ वर्षीय अशोक चौधरी र अर्का किशोर पक्राउ परेका हुन् ।
शुक्रबार घर गएकी किशोरी शनिबार होस्टेल फर्किंदै गर्दा बलात्कृत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता नवचन्द्र मल्लले बताए।
सुरूमा एक जना किशोरले ललाइफकाइ ती किशोरीलाई गैरागाँउस्थित नर्सरीमा पुर्याएको र त्यही दुवैले सामूहिक बलात्कार गरेको भन्ने पीडितको जाहेरीमा उल्लेख छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



कागजपत्र |
