आरती साहका आमा र भाइ सिंहदरबार छिर्न खोजेपछि…


काठमाडाैं- आरती साहको न्याय माग गर्दै आन्दोलनरत आमा निर्मलादेवी र भाइ प्रेमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  सोमबार  ज्ञापनपत्र बुझाउन सिंहदरबार छिर्ने क्रममा प्रहरीले उनीहरुलाई  दक्षिण गेटबाट पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले बुधबार सुनुवाइ गर्दै आरतीका श्रीमानलाई थुनामा र ससुरालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

धनुषा नगराइन–८ खिरखिरया निवासी २५ वर्षीय साहको दाइजोको कारण परिवारबाट नै हत्या भएको माइती पक्षको दाबी छ । उनको माइती पक्षले घटनाको सत्यतथ्‍य एवं निष्पक्ष छानबिन हुनुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया