
हिमालयन लाइफको अध्यक्षमा कालोबजारीको मुद्दा खेपिरहेका सुलभ अग्रवाल
काठमाडाैं- कोरोना भाइरसको महामारीका क्रममा ज्वरो नाप्ने यन्त्र (थर्मल गन)को कालोबजारी गर्दै गरेको अवस्थामा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा चयन भएका छन् ।
गत शुक्रबार बसेको कम्पनीको वार्षिक साधारण सभाले अग्रवाल सहित ६ जनालाई सञ्चालकमा निर्विरोध चयन गरेको थियो। साधारण सभा पश्चात बसेको कम्पनीको पहिलो सञ्चालक समितिले अग्रवाललाई अध्यक्ष चयन गरेको हो ।
ग्रवाल कोरोना महामारीको समयमा ६७ थान थर्मल गनसहित रंगेहात पक्राउ परेका थिए । उनीमाथि तीन हजार पर्नेे थर्मलगन १५ हजार रुपैयाँमा बेचेको आरोप लागेकाे थियाे ।
उनी विरुद्ध जिल्ला अदालतमा कालोबजारीको मुद्दा विचाराधीन छ ।



कागजपत्र |
