रिजर्भ ट्यांकीको पानीमा डुबेर बालकको मृत्यु


काठमाडौं–चन्द्रागिरिमा बनाउँदै गरेको भवनको रिजर्भ ट्यांकीको पानीमा डुबेर बालकको मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिका–१० बुद्वमन्दिर परिसरभित्र निर्माणाधिन भवनको भर्या्ङ मुनि रहेको रिजर्भ ट्यांकीको पानीमा डुबेर सोही ठाउँ बस्ने घादिङ गजुरी गाउँपालिका घर भएका सरिता तामाङको छोरा १० वर्षीय सबिन तामाङको मृत्यु भएको हो।

आइतबार साँझ खेल्ने क्रममा डुबेर अशक्त भएका उनको नेपाल सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया