

इच्छाराज तामाङलाई १ अर्ब ७२ करोड जरिवानासहित ३ वर्ष जेल सजाय तोकियो

काठमाडौं – सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर भएका पूर्व सांसद एवं सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद सजाय तोकिएको छ ।
विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ बिगो र बिगो बराबरको जरिवाना पनि तोकेको छ ।
तामाङकी श्रीमती सिर्जना शाक्यलाई एक वर्ष ६ महिना कैद सजाय भएको छ ।

