

आर्मीलाई पाँचौ प्रयासमा आहा रारा पोखरा गोल्डकपको उपाधि

पोखरा- ५ पटकको विजेता थ्रीस्टार क्लबलाई पराजित गर्दै विभागीय टिम त्रिभुवन आर्मी क्लबले २३ औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको छ । आर्मीले थ्रीस्टारलाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो ।
आर्मीको जितमा कप्तान गिलेस्पी कार्कीले खेलको ३८ औं मिनेट, फत्तेमान घलेले ८३ औं मिनेट र बसन्त जिम्बाले इन्जुरी समयमा एक–एक गोल गरे । विजेता आर्मीले १२ लाख एक हजार नगदसहित ट्रफी र उपविजेता थ्री स्टारले ६ लाख एक हजार नगदसहित ट्रफी प्राप्त गरेको छ ।
आर्मी यसअघि २०६५, २०६६, २०७२ र २०७५ सालमा प्रतियोगिताको फाइनल पुगे पनि चारैपटक उपाधि जित्न सकेन ।

