विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले दिए राजीनामा


काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा कार्यरत डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् ।

शुक्रवार प्रहरी नायव महानिरीक्षक चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् । डीआईजी चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिले गरेको सिफारसप्रति उनी असन्तुष्ट रहेको विमानस्थलका अधिकृतहरु बताउँछन् ।

प्रतिक्रिया