

मुग्लिङ–नारायणगढ सडकखण्ड भोलीदेखि दैनिक चार घन्टा बन्द हुँदै

चितवन – मुग्लिङ–नारायणगढ सडकखण्ड भोली (आइतबार) देखि एक सातासम्म दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने भएको छ ।
मुग्लिन नारायणगढ सडक आयोजना कार्यालयका अनुसार फागुन २३ गतेदेखि २९ गतेसम्म बिहान १०ः३० देखि ३ बजेसम्म सडक दुइतर्फी रूपमै बन्द हुनेछ ।
चारकिलोमा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ ।
सो अवधिभर नारायणगढ तर्फबाट गएका सवारी साधन जलबिरे र मुग्लिङतर्फबाट आउने सवारी साधनलाई मुग्लिङ नजिक शान्तिबजारमा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

