संसद् अधिवेशन चल्दासम्म नेपाली कांग्रेसका सांसदलाई काठमाडौं नछोड्न निर्देशन


काठमाडौं- नेपाली कांग्रेसले संसद् बैठक चलेका बेला काठमाडौँ उपत्यका नछाड्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले सांसदहरूलाई अधिवेशन अन्त्य नहुन्जेलसम्म काठमाडौं नछोड्न निर्देशन दिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनका अनुसार कांग्रेसले संसद् र संसदीय समितिको बैठकमा अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको छ ।

बैठकले संसदमा प्रस्तुत गर्न बाँकी रहेका विधेयकहरूलाई संसदमा पेश गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।

 

प्रतिक्रिया