भाइ पक्राउ परेपछि विनोद चौधरीले के भने ?


काठमाडाैं- हिजो (बिहीबार) केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी जग्गा हडेको आरोपमा उद्योगपति विनोद चौधरीका भाइ अरुण चौधरीलाई पक्राउ गरेको थियाे ।

तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको जग्गा कर्मचारीसहितको मिलेमतोमा किर्ते कागजपत्र बनाई हत्याएको प्रारम्भिक अनुसन्धानमा पुष्टि भएको भन्दै चौधरीलाई  पक्राउ गरिएकाे हाे । छालाजुत्ता कम्पनीका तत्कालीन कार्यकारी निर्देशक अजितनारायणसिंह थापा र चौधरीका साझेदार सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको थियाे ।

आफ्ना भाइ पक्राउ परेपछि कांग्रेस सांसद तथा सीजी ग्रुपका अध्यक्ष विनोद चौधरीले राज्यले आतंक मच्चाएको टिप्पणी गरेका छन् । आज बसेको कांग्रेस संसदीय दलको बैठमा उनी सरकारमाथि खनिएका हुन् ।  उनले सो जग्गा आफूहरूले नियमसंगत रुपमा लिए पनि सरकारले प्रतिसोध साँधेको बताएका छन् ।

तर, उनको आक्रोशमा कांग्रेसका अन्य सांसदले साथ नदिएको बताइएको छ । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा पनि यो विषयमा मौन रहेकाे बताइएकाे छ ।

 

 

प्रतिक्रिया