सशस्त्रका आईजी खनालले लगाए कोरोना विरुद्धको खोप


काठमाडौ – सशस्त्र प्रहरी वल नेपालका आईजी शैलेन्द्र खनालले शुक्रबार कोरोना विरुद्धको खोप लगाएका छन। सशस्त्र प्रहरी अस्पत्ताल बलम्बुमा उनले सो खोप लगाएका हुन। खोप लगाइ सकेपछि उनले महामारि नियन्त्रणकालागी खोप नै प्रभावकारी हुने भएकाले सबैले खोप लगाउनु पर्ने सुझाव दिएका छन् ।

यसैबीच, सरकारले पहिलो चरणमा कोभिड-१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको ‘कोभिड-१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको बताए ।

प्रतिक्रिया