बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा भक्तपुरमा एकजनाको मृत्यु


काठमाडौं- भक्तपुरको गट्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भक्तपुरको सानोठिमीको अनुदान चोकमा बिजुलीको पोलमा प्रदेश ३–०२–००७ प १६६६ नम्बरको को मोटरसाइकल ठोकिँदा चालक चालक दोलखा शैलुङ गाँउपालिका–७ घर भई बोडे बस्ने ३३ वर्षीय गणेश गिरीको मृत्यु भएको हो । ​

गम्भीर घाइते भएका उनको नागरिक अस्पताल गठ्ठाघर भक्तपुरमा उपचारको क्रममा गएराति पौने १२ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी वसन्त पाठकले जानकारी दिए ।

प्रतिक्रिया