सावित्रा भण्डारी फ्रान्सको शीर्ष क्लबमा अनुबन्धित


काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने भएकी छन् । फ्रान्सेली डिभिजन वान फेमिनिनको क्लब एन अभान्त गेङगाम एफसीले शुक्रबार एक भिडियो सार्वजनिक गर्दै सावित्रालाई अनुबन्ध गरेको पुष्टि गरेको हो ।

यसैसाता क्लबसँग सम्झौता गर्न सावित्रा फ्रान्स पुगेकी थिइन् । उनी फ्रान्सको लिग खेल्ने पहिलो नेपाली फुटबलर हुन् । दक्षिण एसियाको प्रतिनिधित्व गर्दै फ्रान्सको लिग खेल्ने पहिलो महिला खेलाडी बनिन् ।

 

प्रतिक्रिया