

नवलपरासीमा यात्रुबहाक बस र टिपर ठोक्किँदा १७ जना घाइते

रूपन्देही – पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर एकआपसमा ठक्कर खाँदा बस चालकसहित १७ जना घाइते भएका छन् । बसमा ३५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराका अनुसार काठमाडौबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१-००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवल जाँदै गरेको लु २ ख १६९६ नम्बरको टिप्पर बिहीवार राती सुनवल – ४ अल्कत्रेडाँडा नजिकै एक आपसमा ठोकिएका हुन् ।
घाइतेहरूमध्ये १३ जना देवदह मेडिकल कलेज भलुही,४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
सवारी साधन र चालकलाई नियन्त्रणमा लिइ दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

