
ननुहाएको भन्दै श्रीमतीले हालिन् श्रीमानविरुद्ध मुद्दा, जीउनै गन्हाउने गरेको आरोप
अंकारा- एक महिलाले ननुहाएको भन्दै श्रीमानविरुद्ध मुद्दा हालेको खबर आएको छ ।
टर्कीमा ए वाई भनेर नाम दिइएको ती महिलाले व्यक्तिगत सरसफाइ नगरेको भन्दै सम्बन्ध विच्छेदको माग गरेर अदालतमा मुद्दा दर्ता गरेकी हुन् ।
महिलाले नियमित रुपमा ननुहाएको, जीउबाट पसिना गन्हाएको र दाँत पनि हप्तामा एक दुई पटक मात्रै माझ्ने गरेको आरोप लगाएकी थिइन् । वादीको वकिलले अंकारास्थित १९औँ पारिवारिक अदालतमा पीडितका श्रीमानले पाँच दिनसम्म पनि लुगा नफेर्ने र कहिलेकाँही मात्रै नुहाउने गरेको बताएकी थिइन् ।
अदालतले सम्बन्ध विच्छेदको अनुरोधलाई स्वीकार गरेको छ । यस्तै श्रीमतीलाई ५ लाख टर्कीस लिरा क्षतिपूर्ति पनि तिर्न श्रीमानलाई आदेश दिएको छ ।



कागजपत्र |
