विनोद चौधरीका भाइ अरुण पक्राउ


काठमाडौं- विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको हो ।

सीआईबीका एसएसपी दिनेश आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान भइरहेको छ ।

चौधरी ग्रुपले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोप छ ।

प्रतिक्रिया