आहा रारा गोल्डकपः फाइनल प्रवेशका लागि आर्मी र चर्च ब्वाइज भिड्दै


पोखरा – २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबलमा आज दोस्रो सेमिफाइनलको खेल हुँदैछ ।

पोखरा रंगशालामा दिउँसो साढे २ बजे सुरु हुने खेलमा त्रिभुवन आर्मी र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

आजको खेल जित्ने टोलीले भोलि हुने फाइनल खेलमा थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आहा रारामा त्रिभुवन आर्मी र चर्च ब्वाइज पहिलो पटक खेल्न लागेका हुन् ।

बाइ पाएर सिधै क्वर्टरफाइनल पुगेको चर्च ब्वाइज नेपाल पुलिसलाई हराएर सेमिफाइनलमा पुगेको हो भने आर्मीले संकटालाई हराएको थियो ।

एक विदेशीसहित १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार पुरस्कार पाउने छन् ।

 

प्रतिक्रिया