


बारामा एक विद्यार्थीको रडमा छेडिएर मृत्यु

सिमरा- बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको लापरवाहीका कारण बुधबार एक विद्यार्थीको ज्यान गएको छ ।
विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको रडमा छेडिएर जीतपुसिमरा उपमहानगरपालिका २१ का ललित गोलेका ११ वर्षीय छोरा लक्कीको घटनास्थलमै ज्यान गएको हो ।
घरबाट विद्यालयका लागि निस्किएका लक्की पोलमा भर्याङ बनाउन राखिएको रडमा छेडिन पुगेका थिए । रडले लक्कीको टाउको छेडेको र घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
लक्की जीतपुरसिमरा १ पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए ।

