

सरकारी कर्मचारीहरुबीच ‘ट्यालेन्ट’ प्रतिस्पर्धा हुने

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सरकारी कर्मचारीहरुबीच ‘ट्यालेन्ट’ प्रतिस्पर्धा गराउने भएको छ । निजामती, कानुन, न्याय, शिक्षा, स्वास्थ्यसहित सबै सेवा र समूहका कर्मचारबीच आयोजना गरिने भएकाे हाे ।
प्रतिस्पर्धामा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै सरकारी कर्मचारीले सहभागिता जनाउन सक्ने मन्त्रालयले जनाएको छ ।
यसका लागि मन्त्रालयले प्रतिभा डवली कार्यक्रम संचालन कार्यविधि समेत बनाएको छ । कार्यविधिअनुसार मन्त्रालयले गत वर्षदेखि यो प्रतियोगिता आयोजना थालेको हो ।
अनलाइनमार्फत आवेदन दिन सकिने यस प्रतिस्पर्धामा नवीन सोच र इनोभेटिभ आइडिया पेश गरेकामध्येबाट शीर्ष १० प्रतियोगीले प्रत्यक्ष प्रस्तुति गर्नुपर्ने छ । जसलाई टेलिभिजनमार्फत प्रशारण गर्ने व्यवस्था गरिने मन्त्रालयको भनाइ छ ।
प्रतिस्पर्धाबाट छनौट भएका आइडिया र सोचमध्ये पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुसरुकार दिने मन्त्रालयको भनाइ छ । अनलाइनमार्फत नवीन सोच पेश गर्न talenthunt.mofa.gov.np मा लगइन गरी खाता खोल्नुपर्ने छ ।
यसरी दिनुहाेस् आवेदन

