

भ्रष्टाचारको सूचकांकमा नेपाल १०८औँ स्थानमा

काठमाडौं – ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३को सूची सार्वजनिक गरेको छ ।
सो सूची अनुसार नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औँ स्थानमा परेको छ । सीपीआई २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८औँ स्थानमा परेको हो ।
१८० देशमध्ये नेपाल यो स्थानमा पुगेको हो भने २०२२ मा नेपाल ३४ अंकसहित १००औँ स्थानमा थियो ।

