प्रहरी कुट्ने चार पक्राउ


रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोटमा प्रहरी जवानलाई कुटपिट गर्ने चार जना पक्राउ परेका छन् । ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँफिकोट–४ का २८ वर्षीय लक्षमण बिक, सोही वडाका २२ वर्षीय जनक खनाल, बाँफिकोट–५ का २२ वर्षीय कैलास पुरी र वडा नम्बर–६ का एक जना बालक रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएका थिए ।

आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ । घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया