काठमाडौं महानगरका शिक्षा शाखा प्रमुखलाई बालेनले सोधे स्पष्टीकरण


काठमाडाैं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन)साहले महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन् ।

नगर शिक्षा समितिले निर्णय नगरेकाे भए पनि मध्यबानेश्वरस्थित रत्नराज्य स्कूललाई विज्ञान संकायतर्फ कक्षा ११ सञ्चालन गर्न अनुमति दिएको पाइएपछि बालेनले स्पष्टीकरण सोधेका हुन् । उनलाई गत शुक्रवार स्पष्टीकरण सोधिएको हो ।

 

प्रतिक्रिया