कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा पाँच दिनदेखि हवाइ सेवा ठप्प


काठमाडाैं- सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली जिल्लामा पाँच दिनदेखि हवाइ सेवा ठप्प भएको छ ।

नेपालगञ्जमा लागेको बाक्लो हुस्सु र कुहिरोका कारण २ दिन यता नेपालगञ्ज विमानस्थलबाट कर्णाली प्रदेशका हिमाली जिल्लाहरु हुम्ला,मुगु, जुम्ला,डोल्पा र सुदूरपश्चिम प्रदेशका बाजुरा लगायतका जिल्लामा उडान हुन सकेको छैन ।

शीतलहर र बाक्लो हुस्सुका कारण पनि भिजिविलिटी नहुँदा हवाई उडान प्रभावित भएको हो ।

प्रतिकूल मौसमका कारण माउन्टेन फ्लाइट समेत भएका छैनन् । विगत पाँच दिन देखि हुम्ला जिल्लाको हवाइ उडान हुन नसकेको स्थानीय लोक भण्डारीले जानकारी दिए ।

बाक्लो हुस्सुका कारण नियमित उडानमा कठिनाइ भइरहेको विमानस्थल प्रमुख सुरेश खनालले बताए । उडान प्रभावित भएसँगै काम विशेषले नेपालगन्ज सुर्खेत झर्न यात्रुलाई समस्यामा परेका छन् । यस्तै सुदूरपश्चिम प्रदेशको बाजुराकाे कोल्टी  विमानस्थलमा  पनि केही दिनयताबाट उडान ठप्प भएको छ ।

प्रतिक्रिया