


भिजिट भिषा सेटिङ प्रकरणः थप यी ७ अध्यागमन अधिकृतको खोजी गर्दै प्रहरी

काठमाडौं – भिजिट भिसाको सेटिङका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संगठित रूपमै लागेको पाइएको छ ।
प्रहरीको अनुसन्धानमा संगठित रुपमै विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीहरु लागेको पुष्टी भएपछि थप ७ अधिकृतविरुद्ध माघ ९ मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी लिई खोजी गरिरहेको छ ।
यसअघि सोही प्रकरणमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्का र बिचौलियाहरुसँगको सोधपुछ र छानबिनपछि थप कर्मचारीको पनि संलग्नता रहेको खुलेको छ ।
प्रहरीले सो प्रकरणमा संलग्न भएका थप ७ अध्यागमन अधिकृतविरुद्ध पक्राउ काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर खोजी गरिरहेको छ ।
प्रहरी स्रोतका अनुसार अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकृत खड्कासहित १० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ ।

