


जसले १४७ बलमै बनाए ३ शतक

नयाँ दिल्ली- प्रथम श्रेणी क्रिकेटमा तन्मय अग्रवालले १४७ बलमा तेहोरो शतक बनाएर कीर्तिमान कायम गरेका छन् । तन्मयले अविजित ३२३ रन बनाएका हुन् । यो अहिलेसम्मको सबैभन्दा छिटो तीन शतक हो । तन्मयले ३३ चौका र २१ छक्का प्रहार गरेका थिए ।
उनले रणजी ट्रफीमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने रवि शास्त्रीको कीर्तिमान पनि तोडेका छन् । रवि शास्त्रीले १२३ बलमा यो कीर्तिमान बनाएका थिए भने तन्मयले ११९ बलमा बनाएका थिए ।हैदराबादबाट खेल्दै उनले अरुणाचल प्रदेशविरुद्ध यो कीर्तिमान बनाएका हुन् ।

