

यू-१९ विश्वकप: नेपाललाई तेस्रो झट्का

काठमाडौं- यू- १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा पुग्न नेपालले अफगानिस्तानविरुद्ध १४६ रनको सामान्य लक्ष्य पाएको छ । जवाफी ब्याटिङ गरेको नेपालले पावर प्लेभित्रै तीन विकेट गुमाएको छ ।
१० रन बनाएका ओपनर अर्जुन कुमाल टिमको स्कोर ११ रन हुँदा आउट भए । यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका गुल्सन झा पनि एक रन बनाएर आउट भए । यसअपछि अर्का ओपनर विपिन रावल २ रन बनाएर आउट भए । नेपालले यो समाचार तयार पार्दासम्म १० ओभरमा ३६ रन बनाउँदा तीन विकेट गुमाएको छ । अर्ली विकेट गुमेपछि नेपाल दबाबमा परेको छ ।
इस्ट लन्डमा शुक्रबार अफगानिस्तानका कप्तानले टस जितेर पहिला ब्याटिङको निर्णय लिएका थिए । तर, नेपालका लागि आकाश चन्दले पाँच विकेट लिएपछि अफगानिस्तान ४०.१ ओभरमा १४५ रन बनाउँदा अलआउट भएको हो ।

