

रवि लामिछानेका स्वकीय सचिवले छाडे सचिवालय

काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले उनको सचिवालय छोडेका छन् ।
लामिछानेको सचिवालयमा रहेर काम गर्दै आएका सिग्देलले बिहीवारदेखि सचिवालय छोडेको घोषणा गर्दै सामाजिक सञ्जालमा लेखेका छन् – ‘केही समयका लागि पारिवारिक काममा व्यस्त रहने जानकारी गराउँदछु ।’
ग्यालेक्सी टेलिभिजन खुल्दा सिग्देल चितवन संवाददाता थिए ।

