थुनुवासहित भागेका प्रहरी पक्राउ


काठमाडौं-  थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका जवान १६ वर्षपछि पक्राउ परेका छन् ।

रौतहटका वीरवल यादवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । रौतहट घर भएका यादव लामो समय भारतमा लुकेर बसेका थिए ।  उनलाई नेपाल आएको मौका पारेर पक्राउ गरिएको हो ।

लागुऔषध मुद्दामा पक्राउ परेका भारतीय नागरिकलाई उनले १० लाख रूपैयाँ पाउने आशामा भगाएको बताइएको छ ।

प्रतिक्रिया