भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


भक्तपुर- भक्तपुरको मध्यपुर ठिमीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ठिमी नगरपालिका वडा नम्बर ४ एसएस चोक नजिक टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

गएराति बा ३ क १७४५ नम्बरको टिप्परले ठक्कर दिँदा प्रदेश २–०३५ प ८०८३ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको बलेफी–५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको हो ।

टिपर चालक मकवानपुरको मनहरी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३५ वर्षीय बोलमान वाईवा पक्राउ परेका छन् ।

प्रतिक्रिया