चीनमा पहिरो : मृत्यु हुनेको संख्या ३९ पुग्यो, ९०० बढी बिस्थापित


बेइजिङ – दक्षिण–पश्चिम चीनको दुर्गम पहाडी क्षेत्रमा बिहीबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ । सो पहिरामा परी अझै पाँच जना बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । युनान प्रान्तको उत्तरपूर्वी भागमा रहेको लिआङ्सुई गाउँमा यो विपद् आएको हो ।

चिसो तापक्रम र हिमपातको बीचमा खोजी र उद्धार कार्य जारी राखिएको छ । घटनास्थलमा एक्साभेटर, ड्रोन र उद्धार गर्ने कुकुरको सहयोगमा १ हजारभन्दा बढी उद्धारकर्ताले काम गरिरहेको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ । बाँचेका दुई जनाको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।

राज्य समाचार एजेन्सी सिन्ह्वाका अनुसार स्थानीय विज्ञहरूले गरेको प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै भनिएको छ कि उक्त पहिरो ठाडो चट्टान क्षेत्रको भत्किएर आएको थियो, जसमा करिब १०० मिटर चौडाइ, ६० मिटर अग्लो र औसत ६ मिटर गहिराइमा भत्किएको थियो ।

प्रारम्भिक स्खलन के कारणले भयो ? भन्नेबारे विस्तृत विवरण दिइएको छैन । सिन्ह्वाले पोष्ट गरेको हवाई तस्बिरहरूले देखाएको छ कि भारी टेरेस्ड पहाडको छेउमा गाउँका धेरै घरहरू खसेको छ । ९०० भन्दा बढी गाउँलेलाई स्थानान्तरण गरिएको छ । -एजेन्सी

प्रतिक्रिया