क्लिनिकभित्रै कुटिए डा शाह


काठमाडौं-  डा चन्द्र वली शाहमाथि क्लिनिकभित्रै कुटपिट भएको छ ।

नेपाल आयुर्वेद चिकित्सक संघका सदस्य तथा आयुर हेल्थ केयर क्लिनिक सातदोबाटोमा कार्यरत डा चन्द्र वली शाहलाई बुधबार साँझ अज्ञात समुहले कुटपिट गरेको हो ।

सोही विषयलाई लिएर आयुर्वेद चिकित्सक संघले आपत्ति जनाएको छ ।  संघले विज्ञप्ति जारी गर्दै दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन अनुसार कारबाही गर्न माग गरेको छ ।

डा  शाहको बी एन्ड बी हस्पिटल ग्वार्कोमा उपचार भइरहेको छ ।

प्रतिक्रिया