हर्क साम्पाङले पनि गरे मतदान बहिष्कार


सुनसरी- धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् । साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् ।

व्यस्त भएका कारण भोट हाल्न नआउने उनले बताए । राजधानी विराटनगरमा मतदान जारी रहेको छ ।

अब ४ जना स्थानीयतहका जनप्रतिनिधिले मात्रै मतदान गर्न बाँकी रहेको सहायक निर्वाचन अधिकृत हेम बहादुर बुढाथोकीले बताए ।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रियसभा चुनावको मतदान बहिष्कार गरेका  थिए ।मेयर बालेन कार्य व्यस्तताको कारण मतदान गर्न नगएको बालेनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया