जनकपुरमा आम जनता पार्टीका २३ जना कार्यकर्ता पक्राउ


जनकपुरधाम – प्रभु साह नेतृत्वको आम जनता पार्टीका २३ जना कार्यकर्तालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरको रामानन्दचोकमा बन्द गराउँदै हिँड्ने २३ जना नेता कार्यकर्तालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

आज बिहान आम जनता पार्टीका नेता कार्यकर्ताले प्रदर्शन गर्दै यातायात बन्द गराउँदै हिँडेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । राष्टिय सभा निर्वाचनलाई लक्षित गरी आजपाले आज मधेश बन्द आह्वान गरेको छ।

प्रतिक्रिया