आजको मौसमः यी स्थानमा हल्का वर्षाको सम्भावना


काठमाडौं – देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। मधेश प्रदेशका धेरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ।

पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थान तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सफा रहनेछ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया