

प्रतिबन्ध फुकुवा भएपछि विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला हिरासत मुक्त

काठमाडौं – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई काभ्रे प्रहरीले रिहा गरेको छ ।
उनलाई पक्राउ गरेको ११ औं दिन आज (शुक्रबार) काभ्रे प्रहरीको हिरासतबाट मुक्त गरेका हुन् । काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रीले आज बिहान बास्तोलालाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर रिहा गरिएको बताए ।
यसअघि सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिए पनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे पुर्याइएको थियो ।
बिहीबार सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेताहरुलाई रिहा गर्न सर्कुलर गरेको थियो ।

