एनआरएनएको विवाद छानबिन हुने, यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय


काठमाडौं- सरकारले माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गरेकी हुन् ।

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन विवाद सम्बन्धी छानबिन गर्न सरकारले समिति गठन गरेको छ । प्रवक्ता शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले महान्यायाधिवक्ताकाे कार्यालयका सह–महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा समिति गठन भएको हो ।

 

 

प्रतिक्रिया