यू–१९ विश्वकप: नेपाललाई पाँचौं झट्का


काठमाडाैं – दक्षिण अफ्रिकामा जारी १५औँ संस्करणको आइसिसी यू–१९ विश्वकपअन्तर्गत समूह ‘डी’ मा रहेका पाकिस्तान र नेपालको खेल जारी छ ।

टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपाललले यो समाचार तयार पर्दासम्म २७ ओभरमा पाँच विकेट गुमाएर ९६ रन बनाएको छ ।

पावर प्ले अर्थात् सुरुवाती १० ओभरमा नेपालले २ विकेट गुमाएको थियो ।

नेपालले पाँचौ विकेटका रूपमा विपिन रावललाई गुमाएको हो ।  २६.४औं आभेरमा ३९ रन बनाएर उनी क्याच आउट भए।

उत्तम मगर २१ औं आभेरमा ४ रन बनाएर क्याच आउट भए । कप्तान देव खनाल १७.१ ओभरमा २३ रन बनाएर क्याच आउट भ ए।

नेपालका आकाश त्रिपाठी ६.५ ओभरमा ६ रनमा क्याच आउट भए। नेपालले पहिलो विकेटको रूपमा ४.२ ओभरमा ओपनर अर्जुनलाई गुमाएको थियो ।

नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ ।

नेपालले आज दीपक बोहरा ‘ए’, दीपक बोहरा ‘बी’ र सुवास भण्डारीलाई विश्राम दिएर विपिन रावल, दीपकप्रसाद डुम्रे र दुर्गेश गुप्तालाई मौका दिएको हो ।

प्रतिक्रिया