
धनगढीका मेयरको घरमा कसले टाँस्याे कालो ब्यानर ?
धनगढी : मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालको घरमा कालो ब्यानर टाँसेको छ ।
आज (बुधबार) क्रान्तिकारी युवा सङ्गठनले मेयर हमालको घरमा घरमा कालो ब्यानर टाँसेको हो ।
सामेबार मात्रै धनगढीमा पार्टीले पत्रकार सम्मेलन गर्दै उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टीमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।
क्रान्तिकारी युवा सङ्गठनले धनगढी उप महानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका बिषयमा पौष २१ गते नगर प्रमुखलाई सम्बोधन गरी ४८ बुँदे मागपत्र १५ दिने अल्टीमेटम सहित हुलाक मार्फत पठाइएको थियो ।




कागजपत्र |
