

रवि लामिछानेलाई ‘१ रुपैयाँ सहयोग’ अभियान !

काठमाडौं – सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ‘एक रुपैयाँ सहयोग’ अभियान चलाइएको सार्वजनिक भएको छ ।
सहकारीका बचतकर्ताहरुको रकम हिनामिना भएको भन्दै पछिल्ला दिनमा लगातार रुपमा सञ्चारमाध्यममा लामिछानेका बारेमा समाचार आइरहेका बखत एक व्यक्तिले रवि लामिछानेको बैंक खाता नम्बरनै राखेर १ रुपैयाँ सहयोग अभियान अन्तर्गत आफूले रु. १० रुपैयाँ सहयोग गरेको सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।
उनले मोबाइल बैंकिङमार्फत् लामिछानेको खातामा १० रुपैयाँ ट्रान्सफर गरिदिएका छन् । उनले नेपालको जनसंख्या ३ करोड रहेको र सबैले एक–एक रूपैयाँ सहयोग गरे पनि ३ करोड जम्मा हुने जनाउँदै सहकारीका बचतकर्तालाई रूवाउन नपाइने जनाएका छन् ।
उनी लेख्छन्-

