

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालककाे मृत्यु

काठमाडौँ – भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ ।
मंगलबार साँझ भक्तपुर नगरपालिका–१ स्थित चुनदेवीमा भएको दुर्घटनामा मोटरसाइकल चालक २० वर्षीय ओम केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
सल्लाघारीबाट सूर्यबिनायकतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२२ प ८७३२ नम्बरको मोटरसाइकल बागमती प्रदेश–०२–०२१ प ९०३२ नम्बरको स्कुटरसँग ठोक्किएको थियो ।
स्कुटर चालक सिन्धुपाल्चोक घर भएका २६ वर्षीय रोशन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।

