


धर्म र राजनीति सँगसँगै लैजानुपर्छ भनेर लागिपरेका छौँ : अध्यक्ष लिङ्देन

काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले धर्म र राजनीतिलाई सँगसँगै लैजानुपर्छ भन्ने मान्यतासाथ आफूहरू अघि बढिरहेको बताएका छन् । मंगलबार विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति बाँसबारीका पूर्वसभापति स्वर्गीय नीलप्रसाद भण्डारीको चौथो वार्षिक स्मृति दिवसको अवसरमा आयोजित ‘राष्ट्रियता र धार्मिक सहकार्यका लागि भावी मार्गचित्र’ कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।
‘धर्म र राजनीति सँगसँगै लैजानुपर्छ भनेर हामीहरू लागिपरेका छौँ । कति मानिसहरूले धर्म र राजनीतिको कुरा गर्दा धर्ममा राजनीति घुसाए भनेर गाली गरिरहेका छन्’ उनले भने ।
धर्मविनाको राजनीति र राष्ट्रियता नहुने भन्दै उनले राजनीतिमा धर्म नहुँदा हालको परिणाम देखिइरहेको बताएका छन् ।

